Skip to content

सानिगाड हाइड्रोको आईपीओ सर्वसाधारणका लागि निष्कासन

nabil bank

काठमाडौं । सानिगाड हाइड्रो कम्पनीले आजदेखि सर्वसाधारण लगानीकर्ताका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली, कम्पनीका कर्मचारीका लागि सेयर निष्कासन पछि सर्वसाधारणका लागि सेयर निष्कासन गरेको हो ।

कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले ४६ करोड ७४ लाख रुपैयाँको ४६ लाख ७४ हजार कित्ता सेयर निष्कासन गरेको छ ।

आईपीओमा न्यूनतम १० देखि अधिकतममा २० हजार कित्तासम्म आवेदन दिन सकिने छ । आईपीओमा जेठ २१ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा असार १ गतेसम्म आवेदन दिन सकिने छ ।

कम्पनीले जारी पुँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात ८५ करोड ५० लाख रुपैयाँको ८५ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको छ ।

जसमा २८ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित, ५ लाख ७० हजार कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली, १ लाख ७१ हजार कित्ता सेयर कम्पनीका कर्मचारीका लागि र २ लाख ८५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि निष्कासन गरेको छ ।

आईपीओमा धितोपत्र बोर्ड सी आश्वा सदस्य दिएका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi