Skip to content

ग्लोबल पासपोर्ट र्‍यांकिङमा नेपालको सुधार, ४ स्थान माथि उक्लियो

काठमाडौं । विश्वका विभिन्न देशका पासपोर्टको शक्ति र अन्तर्राष्ट्रिय यात्राको पहुँच मूल्याङ्कन गर्दै आएको हेन्ली पासपोर्ट इन्डेक्सले सन् २०२६ को प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनअनुसार नेपालको ग्लोबल पासपोर्ट र्‍यांकिङमा सुधार देखिएको छ।

नेपाल गत वर्षको तुलनामा ४ स्थान माथि उक्लिँदै ९७औँ स्थानमा पुगेको छ। सन् २०२५ मा नेपाल ३६ देशमा भिसा–फ्री वा भिसा–अन–अराइभल सुविधासहित १०१औँ स्थानमा रहेको थियो।

यद्यपि र्‍यांकिङमा सुधार भए पनि नेपाली पासपोर्टधारकको विश्वव्यापी यात्रा पहुँच भने केही खुम्चिएको छ। गत वर्ष ३६ देशमा बिना भिसा वा आगमनपछि भिसा प्राप्त गरेर यात्रा गर्न सकिने व्यवस्था रहेकोमा यस वर्ष उक्त संख्या घटेर ३५ देशमा सीमित भएको छ।

हेन्ली पासपोर्ट इन्डेक्सले विश्वका १९९ पासपोर्ट र २२७ गन्तव्यको आधारमा वार्षिक रूपमा र्‍यांकिङ सार्वजनिक गर्दै आएको छ। नेपालको र्‍यांकिङ सुधार भए पनि अन्तर्राष्ट्रिय यात्रा पहुँच विस्तारका लागि अझै चुनौती कायम रहेको प्रतिवेदनले देखाएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima