Skip to content

नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय भेटवार्ता: आर्थिक सहकार्यलाई तीव्रता दिन निक्कीको आग्रह

nabil bank

 

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)ले नेपाल सरकारका माननीय परराष्ट्र मन्त्री शिशिर खनालको भारत भ्रमण तथा भारतका विदेश मन्त्री डा. एस. जयशंकरसग नयाा दिल्लीमा सम्पन्न द्विपक्षीय भेटवार्तामा भएका सहमतिहरुको स्वागत गरेको छ ।

व्यापार तथा पारवहन, कनेक्टिभिटी, ऊर्जा, विकास साझेदारी तथा जनस्तरको सम्बन्धलगायत विषयमा भएको व्यापक समीक्षा तथा नवप्रवर्तन, स्टार्टअप, डिजिटल तथा वित्तीय प्रविधि र क्षमता अभिवृद्धिमा सहकार्य विस्तार गर्ने प्रतिबद्धतालाई संघले सकारात्मक रूपमा लिएको छ ।

भारतको यूपीआई र नेपालको एनपीआईबीच सुरु गरिएको (पीटुपी) भुक्तानी प्रणालीलाई संघले अत्यन्त सकारात्मक उपलब्धिको रूपमा लिएको छ ।

यसले सीमापार रेमिट्यान्स, पर्यटन तथा साना व्यवसायिक कारोबारलाई सहज बनाउने अपेक्षा गरिएको छ । साथै, डिजिटल इन्डिया भाषिनी र काठमाडौं विश्वविद्यालय बीच भएको समझदारीले भाषा प्रविधि तथा डिजिटल नवप्रवर्तनमा नयाँ सम्भावना सिर्जना गर्ने विश्वास संघले लिएको जनाएको छ ।

संघले दुवै सरकारलाई व्यापार पूर्वाधार तथा सीमा नाकाहरूको आधुनिकीकरण, भन्सार तथा नियामकीय प्रक्रियाको सरलीकरण, रेल, सडक, हवाई तथा बहुआयामिक कनेक्टिभिटी विस्तार, ऊर्जा तथा पूर्वाधार आयोजनाहरूको शीघ्र कार्यान्वयन गर्न आग्रह गरेको छ ।

द्विपक्षीय लगानी प्रवद्र्धन तथा गैरभ–भन्सार अवरोधको समाधान, डिजिटल भुक्तानी प्रणालीको विस्तार तथा, सरकार र निजी क्षेत्रबीच संस्थागत संवादको सुदृढीकरण गर्न आग्रह गरेको छ ।

क्नेक्टीभिटी सम्बद्ध पूर्वाधार बिकास तथा ऊर्जा सहकार्य नेपाल–भारत आर्थिक सम्बन्धको सबैभन्दा महत्वपूर्ण आधारहरु भएको हु“दा पूर्वाधार बिकास,जलविद्युत आयोजना, प्रसारण लाइन तथा दीर्घकालीन विद्युत व्यापार व्यवस्थाको कार्यान्वयनलाई तीव्रता दिन संघ बिशेष आग्रह गरेको छ ।

निक्की नेपाल र भारतबीच व्यापार, लगानी, ऊर्जा, कनेक्टिभिटी तथा आर्थिक साझेदारीलाई थप सुदृढ बनाउन तथा सहजीकरण गर्न निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi