काडमाडौं । सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिजले आजदेखि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका आईपीओ निष्कासन गरेपछि सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गरेको हो ।
कम्पनीले जारी पुँजी ३४ करोड रुपैयाँको २५ प्रतिशतले हुन आउने ८ करोड ५० लाख रुपैयाँको ८ लाख ५० हजार कित्ता सेयर आईपीओ निष्काशन गर्न अनुमति पाएको छ । जसमा त्यसको १० प्रतिशत अर्थात ८५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको छ । यस्तै ४२ हजार कित्ता सेयर सामूहिक लगानी कोष, १७ हजार कित्ता सेयर कर्मचारीका लागि छुट्याएको छ ।
प्रतिकित्ता सय रुपैयाँका दरले ७ करोड ५ लाख ५० हजार रुपैयाँको ७ लाख ५ हजार ५०० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गरेको छ ।
आईपीओमा न्यूनतम १० देखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । आईपीओमा असार २ गतेसम्म आवेदन दिन सकिने छ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आश्वा सदस्य सेवा पाएका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।












प्रतिक्रिया दिनुहोस्