Skip to content

सानिगाढ हाइड्रोको आईपीओ बाँडफाँट

nabil bank

काठमाडौं । सानिगाढ हाइड्रो कम्पनीको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ ।

कम्पनीको आईपीओमा माग भन्दा आवेदन परेका कारण गोलाप्रथा मार्फत बाँडफाँड गरेको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटलले जनाएको छ ।

कम्पनीले जेठ १८ देखि २१ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले ४६ लाख ७४ हजार कित्ता सेयर निष्कासन गरेको थियो । उक्त आईपीओमा २७ लाख ५९ हजार ४९० आवेदकले ३ करोड १ लाख ३२ हजार ५०० कित्ता सेयर खरिदका लागि आवेदन दिएका थिए । जसमा २७ लाख २७ हजार ५१५ आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएको छ ।

आईपीओमा ४ लाख ६७ हजार ४०० जनाले १० कित्ताका दरले सेयर पाएका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi