काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजार घटेको छ । मंगलबार सेयर बजार मापक नेप्से परिसूचक ६.३१ अंकले घटेर २७०५.४५ बिन्दुमा झरेको छ ।
आज सेयर बजारसंगै कारोबार रकम पनि घटेको छ । सोमबार ४ अर्ब ४१ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको बजारमा आज ४ अर्ब ४ करोड ७८ लाख ५८ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।
आज कारोबारमा आएको १३ उपसमूहमध्ये दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक सामान्य अंक बढेको हो।
आज कारोबारमा आएको दुई कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सोपान फर्मास्यूटिकल्स र एपोलो हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
यसैगरी, आज दोल्ती पावर कम्पनीको सेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी बढेको छ । कारोबार रकमका आधारमा आज आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको आज ३१ करोड ९९ लाख ४५ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ।
प्रतिक्रिया दिनुहोस्