काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधान एंव अर्थमन्त्री विष्णु पौडेललाई गैरकानूनी ढंगले थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिटमा बहस सकिएको छ ।
न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा पेशी रहेको थियो । अहिले बहस भने सकिएको छ ।
पौडेल पत्नी दोमाया पौडेलले दायर गरेको रिटउपर बहस सकिएको हो । रिटमा राजनीतिक प्रतिशोध राखेर बिना कुनै प्रमाण र आधारमा पक्राउ गरिएको भन्दै दोमायाले रिहाइको आदेश माग गरेकी छन् ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दिपक भट्ट र कमलकिशोर मालपानी समूहको सेयर लेनदेनमा चिनजान गराइदिएको बयानका आधारमा पौडेललाई पक्राउ गरी मंगलबार ५ दिनको म्याद थप गरेको छ ।









प्रतिक्रिया दिनुहोस्