काठमाडौ । सांसद लिमा अधिकारीले सेयर बजारमा हुने उधाराे कारोबारमा सेबोनका उच्च अधिकारी संलग्न रहेको गुनासो बढ्दै गएको बताएकी छिन् ।
बुधबार अर्थ समितिमा आयोजित छफलफमा उनले यस्तो बताएकी हुन् ।
बैठकमा अधिकारीले सेबाेनले ब्रोकरलाई अनुगमन प्रभावकारी रुपमा नगर्दा उधारो कारोबार बढेको उनको दाबी छ । यसमा सेबाेनले ध्यान नदिएको उनको बुझाई छ । बैठकमा अधिकारीले प्रि आईपीओ निकै बढेको भन्दै यसमा सेबाेनले के गरिरहेको छ भन्दै प्रश्न गरिन ।
उनले प्रिमियय आईपीओमा मूल्य कसरी गणना हुन्छ ? भन्दै प्रश्न गरिन । आईपीओ ल्याउनु अघि नाफा हुन्छ भनेर प्रक्षेपण गर्ने, पछि रिपोर्ट त्यस्तो नआउने समस्या बढदै गएको उनको गुनासो छ ।
उनले लकईन अवधि पनि बिश्वसनिय हुनु पर्ने धारणा राखिन ।





प्रतिक्रिया दिनुहोस्