Skip to content

राष्ट्र बैंकलाई स्वायत्त बनाउनु पर्ने रास्वपाको चाहना, अर्थ मन्त्रालय बाधक बन्दै

‘अमेरिकी मोडल अपनाउन नसकिने दाबी’

काठमाडौं । नेपाल राष्ट्र बैंकको स्वायत्ततामा छलफल चलिरहेको समयमा अर्थमन्त्रालयका अधिकारीहरु भने बाधन बन्ने भएका छन् ।

सत्तासिन दलका सांसदहरुले नेपाल राष्ट्र बैंकलाई थप स्वायत्त बनाउका लागि राष्ट्र बैंकमा सञ्चालकको रुपमा मन्त्रालयका सचिव पठाउने नहुने, त्यसले मौद्रिक नीति ल्याउँदा वास्तविक नीति ल्याउन नसकिने बताइरहेका छन् ।

तर, अर्थमन्त्रालयका सहसचिव महेश आचार्य भने नेपाल राष्ट्र बैंकमा अर्थमन्त्रालयका सचिवले तोडन् नहुने दाबी गरेका छन् । बैठकमा रास्वपा सांसद लीमा अधिकारीले यो विषय उठान गरेका थिए ।

आज अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन २०५८ लाई संशोधन गर्न बनेको विद्येयकमा भएको छलफलमा आचार्यले राष्ट्र बैंकमा अर्थ सचिवले तोडन नहुने अडान लिए ।

सहसचिव आचार्यले राष्ट्र बैंकलाई सरकारबाट कुनै पनि हालतमा अलग राख्न नहुने दाबी गरे । बैठकमा उनले ऐन संशोधनको विषयमा यो विषय निकै सुक्ष्म रुपमा आएको बताए ।

“अहिले हामीले अटोनोमी, अटोनोमी भन्दै आएका छौ । नेपाल राष्ट्र बैंकको अटोनोमीको कुरा गरिरहेका छौ” उनले भने “नेपाल राष्ट्र बैंक साइडमा रहेर काम गर्न सक्दैन । नेपाल सरकारसँगै हुन्छ ।”

मौद्रिक नीति र वित्त नीति सँगै गएन भने समग्र आर्थिक नीति सोच अनुसार हुन नसक्ने उनको दाबी छ । जे विषय आएपनि अटोनोमी भन्ने र सरकार भन्दा एकदमै पृथक बसेर हुने अटोनोमीले अकर्मन्यता हुने उनको दाबी छ । ऐन सशोधनमा यो विषयमा निकै ध्यान दिनुपर्ने उनको तर्क छ ।

उनले सरकारबाट अलग हुने गरी अटोनोमी दियो भने अप्ठेरो हुने, मोनिटरी पोलिसी सरकारको पोलिसीलाई नै सपोर्ट गर्न ल्याउने हुनाले पूरै अटनोमी दियो भने अराजकता सृजना हुने उनको तर्क छ ।

राष्ट्र बैंकलाई स्वायत्त हुन नदिने अडानमा रहेका सहसचिव आचार्यले बैठकमा सांसदहरुलाई अमेरिका र बेलायतको पद्धतिका बारेमा समेत जानकारी गराए । उनले नेपालले नेपालको भन्दा पनि अमेरिकी शासन व्यवस्था अपनाइरहेको स्मरण गराए । नेपालीले भारत, बेलायतको प्रचलन हेर्नुपर्ने, अमेरिकी प्रचलन नेपालमा लागूू नहुने उनको तर्क छ ।

‘बेलायती प्रचलन हामीसँग मिल्दो जुल्दो देखिन्छ । बेलायतमा सरकारको प्रतिनिधि तीन जना, मौद्रिक नीतिका लागि कमिटि बनेको छ । फाइनान्सियल कमिटी र प्रुडेन्सियल कमिटि रहेको छ । तीन कमिटिमा अर्थमन्त्रीले मान्छे पठाउने, ट्रेजरीको मान्छे पठाउने गरेको छ । पुरै अटोनोमी त्यहाँ पनि छैन ।” त्यो अनुसार नहुने हो भने भविश्यमा ठूलो समस्या हुने दाबी गरे । भोलीका दिनमा को–अडिनेट हुन नसक्ने उनको दाबी छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi