Skip to content

एनआरएनएका पूर्वअध्यक्ष आरके शर्माको पहलमा चितवन मालपोतमा स्वच्छ पानी र शौचालय

काठमाडौं । चितवन जिल्ला मालपोत कार्यालयमा सेवाग्राहीले भोग्दै आएको आधारभूत सुविधाको अभाव अन्त्य गर्न शौचालय पुनर्निर्माण तथा स्वच्छ पिउने पानीको व्यवस्था गरिने भएको छ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का पूर्वअध्यक्ष आरके शर्माले उक्त ठाउँमा शौचालय पुनर्निर्माण तथा स्वच्छ पिउने पानीको व्यवस्था गर्न लागेका हुन ।

उनले हालै गृह जिल्ला चितवन भ्रमणका क्रममा जिल्ला मालपोत कार्यालयमा हजारौँ सेवाग्राहीले स्वच्छ पिउने पानी र शौचालयजस्ता आधारभूत सुविधाको अभावमा सास्ती भोगिरहेको अवस्था प्रत्यक्ष अवलोकन गरेको जानकारी दिए।

यस विषयमा चितवनका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद अर्यालसँग छलफल भएपछि उनको सकारात्मक सहयोग तथा जिल्ला मालपोत कार्यालयका प्रमुख दाहालको समन्वयमा शौचालय पुनर्निर्माण र स्वच्छ पिउने पानीको व्यवस्था गर्ने पहल अघि बढाइएको शर्माले बताएका छन्।

शर्माले राष्ट्र निर्माण सरकारको मात्र दायित्व नभई जिम्मेवार नागरिक, निजी क्षेत्र र समाजका सबै पक्षको साझा दायित्व रहेको उल्लेख गर्दै सबैले आफ्नो स्थानबाट सानो योगदान गर्न सके पनि ठूलो परिवर्तन सम्भव हुने विश्वास व्यक्त गरेका छन्।

उनले चेपाङ समुदायका बालबालिकाको शिक्षादेखि वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने अभियानसम्मका आफ्ना सामाजिक कार्यमा साथ, सहयोग र हौसला प्रदान गर्ने सबैप्रति कृतज्ञता व्यक्त गरेका छन्।

त्यस्तै, छोटो सूचनामै उपस्थित भई उक्त अभियानलाई जनसमक्ष पुर्‍याउन सहयोग गर्ने सञ्चारकर्मीप्रति पनि उनले धन्यवाद ज्ञापन गरेका छन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T