Skip to content

करिब पौने २ अर्ब रुपैयाँको हुण्डी कारोबार गरेको आरोपमा रिमाल पक्राउ

काठमाडौं । करिब १ अर्ब ८९ करोड ६५ लाख रुपैयाँबराबरको हुण्डी कारोबार गरेको आरोपमा नेपाल प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का अनुसार हुण्डी कारोबारमा केही व्यक्ति संलग्न रहेको भन्ने गोप्य सूचनाका आधारमा शंकास्पद व्यक्तिहरूको बैंकिङ कारोबार विश्लेषण गरिएको थियो।
अनुसन्धानका क्रममा धादिङको साबिक सत्यदेवी–८ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–नागार्जुन नगरपालिका–८, राधाकृष्ण मन्दिर क्षेत्रमा बस्दै आएका ४९ वर्षीय राजेन्द्र प्रसाद रिमाल पक्राउ परेका छन् ।
उनी लगायत अन्य केही व्यक्तिसँगको मिलेमतोमा व्यक्तिगत बैंक खाता प्रयोग गरी १ अर्ब ८९ करोड ६५ लाख ३९ हजार ४५४ रुपैयाँ बराबरको रकम हुण्डीमार्फत कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
उक्त आधारमा सीआईबीले २०८३ साउन १२ गते काठमाडौं जिल्ला अदालतबाट हुण्डी सम्बन्धी कारोबार गर्न नहुने कसुरमा पक्राउ अनुमति लिई सोही दिन नागार्जुन–८ स्थित राधाकृष्ण मन्दिर क्षेत्रबाट रिमाललाई पक्राउ गरेको हो। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima