Skip to content

जग्गाको बकसपत्र गराइदिने लगनखेल मालपोतका ३ नायब सुब्बासहित ५ जना घुससहित पक्राउ

काठमाडौं । ललितपुरको लगनखेलस्थित भूमि प्रशासन कार्यालय (मालपोत) का तीन नायब सुब्बासहित पाँच जना तीन लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालयका नायब सुब्बा उत्तम कुँवर, विशाल सुन्दास र राजकुमार मगर तथा लेखापढी व्यवसायी शैलेन्द्र रानामगर र समिर कटवालले जग्गाको बकसपत्र गराइदिने भनेर घुस लिएको पाइएको छ ।

उक्त सूचनापछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले उनीहरूलाई सेवाग्राहीबाट तीन लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा ललितपुर महानगरपालिका–४ स्थित एक होटलबाट साउन १५ गते नियन्त्रणमा लिएको जनाएको छ।

अख्तियारले उनीहरूको साथबाट घुसबापत लिएको तीन लाख रुपैयाँका साथै स्रोत नखुलेको २४ हजार ८९० रुपैयाँ समेत बरामद गरेको जनाएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima