Skip to content

सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय पर्साको अपिल

पर्सा । जिल्ला प्रशासन कार्यालय जिल्ला विपद् व्यवस्थापन समितिले मनसुन जन्य विपद्का समयमा विशेष पूर्वतयारी एवं उच्च सतर्कता अपनाउन सबैमा अपिल गरेको छ ।

समितिले आज सूचना जारी गरी जल तथा मौसम विज्ञान विभागको हालैको पूर्वानुमानअनुसार अत्यधिक भारी वर्षा भई नदीमा पानीको बहाव उच्च हुने तथा होचा भूभाग डुबानमा पर्ने उच्च जोखिम औँल्याएकाले प्रभावित क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन अपिल गरेको हो ।

समितिले विपद्को पूर्वअनुमान र सम्भावित क्षतिलाई न्यूनीकरण गर्न आश्रयस्थल र खुला क्षेत्र पहिचान गर्न तथा पूर्वानुमान महाशाखाको आधिकारिक बुलेटिन र सञ्चारमाध्यमका सूचनालाई नियमित रूपमा जानकारी राख्न सुझाव दिएको छ ।

जिल्ला प्रशासन कार्यालयले आफ्नो नागरिकता, जग्गाधनी प्रमाणपूर्जा, शैक्षिक प्रमाणपत्र लगायतका कागजात र नगद धनमाललाई सुरक्षित रूपमा व्यवस्थापन गर्न तथा आकस्मिक अवस्थाका लागि सुक्खा खानेकुरा, अत्यावश्यक औषधि र स्वच्छ पिउने पानीसहितको इमर्जेन्सी झोला तयार गर्नसमेत सूचित गरेको छ ।

मनसुनजन्य विपद्को अवस्थामा तत्काल उद्धार, खोज तथा राहतका लागि २४ सै घण्टा तयारी अवस्थामा रहेका सुरक्षा निकाय’ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, वा जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र, पर्साको आधिकारिक नम्बरमा तुरुन्त सम्पर्क गर्न आग्रह गरिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T