Skip to content

एनआरएन इन्फ्रास्टक्चरले आयु मलुन खोला जलविद्युत आयोजनामा लगानी गर्ने

काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनीले जलविद्युत कम्पनीमा लगानी गर्ने भएको छ ।

कम्पनीले आयु मोलुङ हाइड्रोपावर लिमिटेडले प्रवर्धन गरेको २१ मेगावाट क्षमताको आयु मलुन खोला जलविद्युत आयोजनामा लगानी गर्न लागेको हो ।

कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले १० लाख कित्ता संस्थापक सेयरमा लगानी गर्ने सैद्धान्तिक निर्णय गरेको जनाएको छ । आयोजना ओखलढुंगा जिल्लाको मोलुङ गाउँपालिकामा निर्माण भइरहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T