काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। एक वर्षमा कम्पनीको नाफा १.६९ प्रतिशतले बढेको हो ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा इन्स्योरेन्सले ३८ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ३७ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क १६.१७ प्रतिशत बढेर ७ अर्ब ८५ करोड ४० लाख रुपैयाँ पुगेको छ। यसैगरी, यस अवधिमा कुल आम्दानी १०.४९ प्रतिशतले बढेर ९ अर्ब ६० करोड ३१ लाख रुपैयाँ पुगको छ। ।
असारसमान्तसम्म आउँदा यस कम्पनीको खुद दाबी भुक्तानी १०.३१ प्रतिशतले बढेर ७ अर्ब २१ करोड ७४ लाख रुपैयाँ पुगेको छ। कम्पनीको कुल खर्च १०.८७ प्रतिशतले बढेर ९ अर्ब २२ करोड २८ लाख रुपैयाँ पुगको छ।
कम्पनीको नाफासंगै प्रतिसेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी १३ पैसा बढेर ७ रुपैयाँ ६५ पैसा पुगेको छ। गत असार मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ४९.४९ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ ११२ रुपैयाँ ६२ पैसा रहेको छ।
५ अर्ब १ करोड ४९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको महाविपत्ती कोषमा १८ करोड ५९ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ३५ करोड ९८ लाख रुपैयाँ र अन्य इक्विटीमा ८ करोड ६८ लाख रुपैयाँ सञ्चित छ।





प्रतिक्रिया दिनुहोस्