Skip to content

औसतमा वाणिज्य बैंकको लाभांश क्षमता बढ्योः चार वटाको शून्य, सबैभन्दा धेरै एभरेष्टले दिँदा अन्यको कति ? 

काठमाडौं । गत आर्थिक वर्षको नाफाबाट वाणिज्य बैंकले आफ्ना लगानीकर्तालाई दिने लाभांश क्षमतामा वृद्धि भएको छ । गत आवको नाफाबाट सञ्चालनमा रहेको २० वाणिज्य बैंकको लाभांश क्षमता औसतमा १०.७३  प्रतिशत रहेको छ ।

अघिल्लो आवको तुलनामा बैंकहरुको यस्तो क्षमता १.४८ प्रतिशत बढेको हो । अघिल्लो वर्ष बैंकहरुको लाभांश क्षमता ९.२४ प्रतिशत रहेको थियो ।
यस अवधिमा चार बैंकको लाभांश क्षमता शून्य रहेको छ । नेपाल इन्भेष्टमेन्ड मेगा, एनआईशी एसिया, प्रभु बैंक र हिमालयन बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई बाँड्ने लाभांश क्षमता शून्य रहेको जानकारी दिएका छन् ।

बैंकहरुले सार्वजनिक गरेको गत आर्थिक वर्षसम्मको तथ्यांक अनुसार सबैभन्दा धेरै लाभांश बाँड्न सक्ने क्षमता भएको वाणिज्य बैंक एभरेष्ट बैंक रहेको छ । यस बैंकले आफ्नो नाफाबाट लगानीकर्तालाई ३८.३२ प्रतिशत लाभांश बाँड्न सक्ने क्षमता रहेको छ ।

यसैगरी, लाभांश क्षमता सबैभन्दा धेरै भएको दोस्रो बैंक सिद्धार्थ बैंक रहेको छ । यस बैंकले आफ्नो नाफाबाट लगानीकर्तालाई २६.१५ प्रतिशतसम्म लाभांश बाँड्न सक्ने क्षमता रहेको छ ।

यसैगरी, सानिमा बैंकको २०.१५ प्रतिशत, नबिल बैंकको १९.१० प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकको १९.०४ प्रतिशत, नेपाल बैंकको १५.८४ प्रतिशत, ग्लोबल आइएमई बैंकको १२.०२ प्रतिशत र नेपाल एसबिआई बैंकको ११.०४ प्रतिशत लाभांश बाँड्न सक्ने क्षमता रहेको छ ।

यसैगरी, प्राइम कमर्सियल बैंकको ९.१० प्रतिशत, एनएमबी बैंकको ९.०८, माछापुच्छ्रे बैंकको ७.५१ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ६.८९ प्रतिशत, लक्ष्मी सनराईज बैंकको ६.७९ प्रतिशत, कृषि विकास बैंकको ६.८४ प्रतिशत, सिटिजन्स बैंकको ३.३७ प्रतिशत र कुमारी बैंकको ३.०२ प्रतिशत लाभांश क्षमता रहेको छ ।

बैंकको ७.५१ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ६.८९ प्रतिशत, लक्ष्मी सनराईज बैंकको ६.७९ प्रतिशत, कृषि विकास बैंकको ६.८४ प्रतिशत, सिटिजन्स बैंकको ३.३७ प्रतिशत र कुमारी बैंकको ३.०२ प्रतिशत लाभांश क्षमता रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T