Skip to content

१९१ परियोजनामा पौने ४ अर्ब बढी वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा १९१ परियोजनाका लागि ३ अर्ब ७७ करोड २८ लाख ४० हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ ।

उद्योग विभागका १८८ वटा साना,२ वटा मध्यमस्तरीय र १ वटा ठूलो परियोजनामा लगानी प्रतिबद्धता आएको हो ।

विभागका अनुसार लागतका आधारमा खनिज उद्योग र परियोजना सङ्ख्याका आधारमा सूचना प्रविधिमूलक उद्योगमा सबैभन्दा धेरै लगानी प्रतिबद्धता आएको छ ।

कृषिमूलक उद्योगमा १ वटा परियोजनाका लागि २ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ ।

त्यस्तै, उत्पादनमूलक उद्योगका ९ वटा परियोजनामा ८४ करोड ३२ रुपैयाँ, ऊर्जामूलक उद्योगका १ वटा परियोजनामा २ करोड र सेवामूलक उद्योगका १९ परियोजनामा ६८ करोड २० लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ ।

त्यसैगरी पर्यटनमूलक क्षेत्रका ३३ परियोजनामा १ अर्ब ६३ करोड ७८ लाख ५० हजार रुपैयाँ, सूचना प्रविधिमूलक उद्योगका १२८ परियोजनामा ५६ करोड ९८ लाख ३४ हजार रुपैयाँबराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ ।

यी परियोजनाले १७७३ जनालाई रोजगारी दिने छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T