Skip to content

अबदेखि साउन १ गते मौद्रिक नीति सार्वजनिक गर्नुपर्ने

काठमाडौं । अबदेखि नेपाल राष्ट्र बैंकले प्रत्येक आर्थिक वर्षको साउन १ गते मौद्रिक नीति सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था गरिएको छ । संघीय संसद् प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको २७औँ बैठकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्दै मौद्रिक नीति सार्वजनिक गर्ने मिति साउन १ गते तोक्ने व्यवस्था गरेको हो ।

समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथि दफावार छलफल जारी राखिएको थियो । छलफलका क्रममा मौद्रिक नीति सार्वजनिक गर्ने समयलाई निश्चित र कानुनी रूपमा बाध्यकारी बनाउने विषयमा निर्णय भएको छ ।

नयाँ व्यवस्था कार्यान्वयनमा आएपछि नेपाल राष्ट्र बैंकले हरेक आर्थिक वर्ष सुरु भएकै दिन अर्थात् साउन १ गते आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्नुपर्नेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T