Skip to content

कामना सेवा विकास बैंकले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

काठमाडौं । कामना सेवा विकास बैंकले २०औँ वार्षिक साधारणसभा भदौ ३१ गते गर्ने भएको छ । बैंकले सभा काठमाडौंको बालुवाटार रोडस्थित आम्रपाली बैंक्वेटमा गर्ने भएको हो ।

सभामा आर्थिक वर्ष २०८२/८३ को नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । जसअनुसार अग्राधिकार शेयरधनीलाई अग्राधिकार शेयर बाँडफाँट भएको मितिदेखि २०८३ असार मसान्तसम्मको अवधिका लागि ९ प्रतिशत तथा अन्य शेयरधनीलाई चुक्ता पुँजीको १५ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव रहेको बैंकले जनाएको छ ।

यस्तै सभामा लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८२/८३ को वार्षिक वित्तीय विवरण, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा नाफा–नोक्सान बाँडफाँट हिसाबलगायत वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू पारित गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ ।

सभाले बाह्य लेखापरीक्षक नियुक्त गर्ने लगायतका अन्य प्रस्तावमा समेत निर्णय गर्ने जनाइएको छ ।

सभा प्रयोजनका लागि बैंकले भदौ १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । भदौ १७ गतेसम्म कायम सेयरधनीहरू मात्र लाभांश तथा साधारणसभामा सहभागी हुन पाउनेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T