Skip to content

रसुवामा बाढी: सेना र निजी कम्पनीका १२ वटा हेलिकोप्टर परिचालन, प्रभावित १२ जनाको हेलिकोप्टरबाट उद्धार

रसुवा । बुधबार बिहान आएको बाढीका कारण प्रभावित भएका १२ जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

नेपाली सेनाका अनुसार स्याफ्रुबेँसीबाट ६ जना, मैलुङबाट २ जना र धुन्चेबाट ४ जनालाई हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यलाई निरन्तरता दिइएको छ।

उद्धारका लागि नेपाली सेनाका ४ वटा र निजी कम्पनीका ८ वटा गरी कुल १२ वटा हेलिकोप्टर परिचालन गरिएको नेपाली सेनाले जनाएको छ।

यसैबीच, नेपाली सेनाको मेडिकल टोलीले त्रिशूलीस्थित नं १ सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार सेवा प्रदान गरिरहेको छ । बाढीका कारण प्रभावित तथा उद्धार गरिएका व्यक्तिहरूलाई आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने कार्य भइरहेको सेनाले जनाएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T