काठमाडौं । रसुवास्थित भोटेकोसी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेपछि भोटेकोसी र त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च जोखिम बढेको छ ।
गृह मन्त्रालयले अर्को सूचना जारी नभएसम्म रसुवा, धादिङ, गोरखा, चितवन र नुवाकोटका नदी तटीय क्षेत्रमा बसोबास गर्ने परिवारलाई उच्च सतर्कता अपनाउँदै सुरक्षित स्थानमा रहन आग्रह गरेको छ ।
बाढीका कारण भोटेकोसी र त्रिशूली नदीको तटीय क्षेत्र मुग्लिनसम्म जोखिममा रहेकाले नदी किनार आसपासका बासिन्दालाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ । खोज तथा उद्धार आवश्यक परेमा वा कुनै प्रकारको सहायता आवश्यक भएमा टोल फ्रि नम्बर १२३४ मा तत्काल सम्पर्क गर्न अनुरोध गरिएको छ ।
त्यस्तै, बाढीको जोखिमलाई मध्यनजर गर्दै पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेसी सडक तथा मुग्लिन–नारायणगढ सडकमा यात्रा नगर्न आग्रह गरिएको छ। ती सडकमा आवतजावतमा पूर्ण रोक लगाउनसमेत अनुरोध गरिएको छ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै नदी तटीय क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानमा सर्न तथा प्रशासनले जारी गर्ने थप सूचनाको पालना गर्न आग्रह गरिएको छ।






प्रतिक्रिया दिनुहोस्