Skip to content

निजी हेलिकप्टरलाई राहत, उद्धार र खोजीमा परिचालन गर्न अनुमति नचाहिने

काठमाडौं । राहत, उद्धार तथा खोजी कार्यमा निजी क्षेत्रका हेलिकप्टरलाई परिचालन गर्न पूर्वअनुमति लिनु नपर्ने निर्णय गरिएको छ। विपद्का बेला उद्धार तथा खोजी कार्यलाई थप प्रभावकारी र छिटो बनाउन निजी हेलिकप्टरलाई आवश्यकताअनुसार परिचालन गर्न सहज व्यवस्था गरिएको हो।

त्यस्तै, राहत, उद्धार तथा खोजीमा परिचालन हुने हेलिकप्टरका लागि इन्धनको सहज आपूर्ति गर्न नुवाकोटको त्रिशूलीमा नेपाल आयल निगमले तत्काल हवाई इन्धनसहितको ट्यांकर काठमाडौंबाट पठाउने निर्णयसमेत गरिएको छ।

विपद्पछिको उद्धार तथा राहत कार्यमा हेलिकप्टरको प्रयोग बढाउन र इन्धन अभावका कारण उद्धार प्रभावित हुन नदिन यस्तो व्यवस्था गरिएको हो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T