काठमाडौं । बिहीबार सेयर बजार घटेको छ । बिहीबार सेयर बजार मापक नेप्से परिसूचक १.०४ अंकले घटेर २५५७.३१ बिन्दुमा पुगेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार ४ अर्ब ७७ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको बजारमा आज ३ अर्ब ७८ करोड ६४ लाख ५५ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।
आज १३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ। आज उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.७५ प्रतिशत बढेको छ। यसैगरी, आज बैंकिङ, विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी, लघुवित्त र व्यापार उपसमूहको परिसूचक सामान्य अंक बढेको छ।
आज सर्वोत्तम पेन्ट्सको सेयर निरन्तर ११ औँ कारोबार दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज सो कम्पनीको सेयरमूल्य १८१ रुपैयाँ ९० पैसा बढेर १ हजार ३९४ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको छ। यसैगरी, घोराही सिमेन्ट इण्डष्ट्रिको सेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ भने सोनापुर मिनरल्स एण्ड आयलको सेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको अप्पर हेवाखोला हाइड्रोपावर कम्पनीको सेयरमूल्य आज सर्वाधिक ९.४५ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज २१ करोड ७५ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ। आज नेपाल एसबिआई बैंकको साढे १६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने चिलिमे हाइड्रोपावर कम्पनीको कारोबार रकम १६ करोड रुपैयाँ नाघेको छ।
प्रतिक्रिया दिनुहोस्