Skip to content

आँबुखैरेनी र देवघाट गाउँपालिकामा २८ शव

नारायणगढ (चितवन), १२ भदौः देवघाटधाम नदी किनारमा बाढीले थुपारेको काठ रसुवाको भोटेकोशीमा गत बुधबार आएको बाढीले त्रिशुली र कालीगण्डकीको सङ्गमस्थल देवघाटधाममा बगाएर ल्याएको काठपात । तस्बिरः सनद अधिकारी/रासस
काठमाडौं । तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिकाका विभिन्न क्षेत्रमा बुधबार नौ वटा र बिहीबार १९ वटा गरी २८ शव फेला परेका छन् ।
बुधबार रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि खोज तथा उद्धार गर्ने क्रममा उक्त शव भेटिएको प्रहरीले जनाएको छ । फेला परेका २३ वटा  शव गण्डकी अस्पताल र पाँच वटा शव प्रदेश अस्पताल दमौलीमा राखिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए।
फेला परेका शवको पहिचानका लागि आवश्यक कानुनी तथा प्रक्रियागत काम अघि बढाइएको उनले बताए।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T