काठमाडौं । अस्ट्रेलिया सरकारले नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत तथा उद्धारका लागि ५० लाख अस्ट्रेलियन डलर (करिब ५४ करोड ५० लाख रुपैयाँ) बराबरको मानवीय सहायता घोषणा गरेको छ ।
अस्ट्रेलियाली सरकारले बाढीबाट प्रभावित समुदायलाई तत्काल आवश्यक सहयोग उपलब्ध गराउन मानवीय सहायता प्याकेज घोषणा गरेको जनाएको छ । विपद्को प्रतिक्रियाका लागि कन्सुलर तथा मानवीय सहायता पनि द्रुत रूपमा परिचालन भइरहेको अस्ट्रेलियाली सरकारले जनाएको छ ।
बाढीबाट प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनःस्थापनाका लागि उक्त सहयोग परिचालन गरिने जनाइएको छ ।






प्रतिक्रिया दिनुहोस्