Skip to content

सुरुङमा फसेका मजदुरको उद्धारका लागि डेडिकेटेड हेलिकप्टर परिचालन

काठमाडौं । सरकारले जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मजदुरको उद्धारलाई तीव्रता दिएको छ । उद्धार कार्यलाई प्रभावकारी बनाउन सरकारले डेडिकेटेड हेलिकप्टर परिचालन गर्नुका साथै आवश्यक उद्धार उपकरणसहितको टोली घटनास्थलमा खटाएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार हाल अपर त्रिशुली ए जलविद्युत् आयोजनाको सुरुङमा केन्द्रित भएर उद्धार अभियान सञ्चालन भइरहेको छ । सुरुङभित्र रहेका व्यक्तिहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न आवश्यक जनशक्ति, उपकरण र उद्धार सामग्रीसहित टोली परिचालन गरिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार बिहीबार मात्रै अपर त्रिशुली आयोजनाबाट ३५० जनाको उद्धार गरिएको थियो । शुक्रबार सुरुङभित्र रहेका थप दुई जनालाई सकुशल बाहिर निकालिएको छ ।

घटनास्थलको भौगोलिक अवस्था जटिल हुनुका साथै प्रतिकूल मौसमका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको छ । यद्यपि, सुरुङभित्र रहेका सबै व्यक्तिको सुरक्षित उद्धारका लागि उद्धार टोलीले निरन्तर काम गरिरहेको प्राधिकरणले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T