Skip to content

बाढीग्रस्त क्षेत्रबाट ८० जना अलपत्र यात्रुलाई काठमाडौं ल्याइयो, काठमाडौं महानगरले विदुरसम्म निःशुल्क यातायात सञ्चालन गर्ने

काठमाडौं । शनिवार काठमाडौं महानगरपालिकाले बाढीग्रस्त क्षेत्रमा अलपत्र रहेका ८० जनालाई उद्धार गरेर स्थल मार्गबाट काठमाडौं ल्याएको छ । सेवा सुरु गरिएको पहिलो दिन शुक्रवार १९ जना र दोस्रो दिन २९ जनालाई र आज पहिलो सिफ्टमा ३२ जनालाई ल्याइएको हो ।

यात्रुहरुलाई स्थल मार्गबाट उद्धार गर्न भदौ १२ गते एउटा सवारी साधन प्रयोग गरिएको थियो । शनिवार अर्को थप गरेर २ वटाबाट निःशुल्क यातायात सुरु गरेको हो । यसरी सञ्चालनमा ल्याइएका सवारी साधनमध्ये ००६ ख ९३३९ नम्बरको १९ सिट क्षमताको हायास छ । ०३० च ७३६४ नम्बरको इभीमा १० जना यात्रु अट्टाउँछन् ।

यात्रुहरुको अत्याधिक मागका कारण आजबाट बा. प्र. ०१ ००६ ख ९१५२ नम्बरको १९ सिटे एउटा हायास थपिएको छ । यसरी थपिएको गाडी नुवाकोट पुगेको छ । दुईवटा काठमाडौँबाट दोस्रो सिफ्टका लागि नुवाकोट जाँदैछन् ।

निःशुल्क सञ्चालन गरिएका सवारी साधन चिन्नका लागि सवारी साधनको अगाडि र पछाडि व्यानर राखिएको छ । यस्तै दुवै सवारी साधनमा नगर प्रहरी राखिएको छ । यसरी सञ्चालन गरिएको सेवा आवश्यकताका आधारमा गाडीको संख्या बढाउने महानगरपालिकाको योजना छ ।

यो सेवा नुवाकोटको विदुर नगरपालिकादेखि काठमाडौँ महानगरपालिकासम्मका लागि हो । कामको सिलसिलामा देशका विभिन्न ठाउँबाट रसुवा, नुवाकोट लगायत बाढी प्रभावित क्षेत्रमा कार्य थलो भएर विपद पछि अलपत्र परेका काठमाडौँ आउन चाहने व्यक्ति र प्रभावित क्षेत्रमा आफन्त खोजी गर्न काठमाडौँबाट त्यस क्षेत्रमा जानुपर्ने व्यक्ति लक्षित वर्ग मानेर यो सेवा थालिएको हो ।

यी सवारी साधनले दिनमा २ पटक यात्रु ओसार्नेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T