Skip to content

हिमालयन बैंकको अध्यक्षमा पूर्वमुख्यसचिव डा. बैकुण्ठ अर्याल

काठमाडौं । हिमालयन बैंक लिमिटेडको सञ्चालक समितिले पूर्वमुख्यसचिव डा. बैकुण्ठ अर्याललाई बैंकको अध्यक्षको जिम्मेवारी दिएको छ। यसअघि अध्यक्ष रहेका प्रचण्डबहादुर श्रेष्ठले राजीनामा दिएपछि रिक्त रहेको पदमा अर्याललाई नियुक्त गरिएको हो।

श्रेष्ठले अध्यक्ष पदबाट राजीनामा दिएको चार दिनपछि बसेको सञ्चालक समितिको बैठकले अर्याललाई अध्यक्ष बनाउने निर्णय गरेको हो। अर्याल यसअघि नै हिमालयन बैंकको सञ्चालक समितिमा सदस्यका रूपमा कार्यरत थिए।

नेपाल सरकारको प्रशासनिक सेवामा लामो अनुभव हासिल गरेका अर्यालले अर्थ, प्रशासन तथा सार्वजनिक व्यवस्थापनका विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन्। उनले नेपाल सरकारको मुख्यसचिवका रूपमा समेत काम गरिसकेका छन्।

सञ्चालकको भूमिकामा रहँदै आएका अर्याललाई नै बैंकको नेतृत्वमा ल्याइएपछि अब उनको अनुभवलाई बैंकको रणनीतिक निर्णय, संस्थागत सुशासन र व्यवस्थापकीय सुधारमा उपयोग गर्ने अपेक्षा गरिएको छ।

यसअघि अध्यक्ष रहेका श्रेष्ठले बैंकको सञ्चालक समितिबाट राजीनामा दिएपछि उनको राजीनामा स्वीकृत गरिएको थियो। त्यसपछि रिक्त अध्यक्ष पदमा नयाँ नेतृत्व चयन गरिएको हो।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T