Skip to content

नेपाल–चीन सीमा क्षेत्रमा बनेको ताल १४ फुटबल मैदान बराबर 

देवघाटमा त्रिशूलीको बढेको सहत नारायणगढ ९चितवन०, १४ भदौ ः भोटेकोशी नदी हुँदै त्रिशूली नदीमा आइतबार बिहान देवघाटमाक्षेत्रमा आएको बाढीको कारण बढेकाे पानीकाे सहत । माथिल्लो भेगमा बढेको बाढीको बहाव देवघाट आइपुग्दा केही घटेको छ । तस्बिर ः सनद अधिकारी÷रासस
काठमाडौं । नेपाल–चीन सीमा क्षेत्रमा पहिरोका कारण बनेको ब्यारियर ताल करिब १४ वटा मानक फुटबल मैदान बराबर क्षेत्रफलमा फैलिएको चिनियाँ टेलिभिजनले दाबी गरेको छ।
चिनियाँ सरकारी टेलिभिजन सीजीटीएन अनुसार अगस्ट २९ सम्मको अनुगमन तथ्यांकमा पहिरोका कारण बनेको ब्यारियर लेक–०१ अहिले नियन्त्रणमा रहेको उल्लेख गरिएको छ। चिनियाँ आनेंग समूहको अनुगमन तथ्यांकलाई उद्धृत गर्दै उक्त तालले करिब १ लाख वर्गमिटर क्षेत्रफल ओगटेको जनाएको हो।
१ लाख वर्गमिटर क्षेत्रफल करिब १४ वटा मानक फुटबल मैदान बराबर हुने चिनियाँ टेलिभिजनको दाबी छ। यसैगरी, ब्यारियर लेक–०१ भन्दा करिब ५ किलोमिटर माथिल्लो क्षेत्रमा अर्को ब्यारियर लेक–०२ समेत पहिचान गरिएको जनाइएको छ।
पहिरोका कारण नदीको बहाव अवरुद्ध भएपछि यस प्रकारका ताल बन्ने गर्छन्। यस्ता तालमा पानीको मात्रा बढ्दै जाँदा तल्लो तटीय क्षेत्रमा जोखिम सिर्जना हुन सक्ने भएकाले यसको अवस्था निरन्तर अनुगमन गरिनुपर्ने हुन्छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T