काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदुत माओ मिङबीच सभापतिको बुढानिलण्ठस्थित निवासमा आज भेटवार्ता भएको छ ।
भेटमा राजदुत मिङ्ले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतीबारे दु:ख ब्यक्त गरे ।
खोज,उद्दारदेखि पुनर्निर्माणसम्म नै नेपालको साथमा रहेको बताए । उनले नेपाललाई जुनसुकै ढंगबाट सहयोग गर्न चीन तयार रहेको जानकारी दिए । विपद्लगत्तै उद्दारकर्मी, डिएनए विशेषज्ञलगायत आवश्यक सबै सहयोग चीनले गरिरहेको र त्यो आवश्यकता रहेसम्म जारी रहने उनले जानकारी दिए ।
भेटमा सभापति लामिछानेले विपद्का समयमा चीनले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरे । नेपालको विपद जोखिम न्युनिकरण तथा व्यवस्थापनमा चिनको आर्थिक तथा प्राविधिक सहयोग महत्वपूर्ण हुने बताउँदै आगामी दिनमा थप सहकार्यको आग्रह समेत गरे ।






प्रतिक्रिया दिनुहोस्