काठमाडौं । प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डले नगद लाभांश वितरणका लागि बुकक्लोज मिति तय गरेका छन्।
दुवै फण्डले भदौ २५ गते एक दिनका लागि बुकक्लोज गर्ने भएका हुन् । बुकक्लोजअनुसार भदौ २४ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहने इकाईधनीहरू यी फण्डले घोषणा गरेको नगद लाभांश प्राप्त गर्न योग्य हुनेछन्।
प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डले आफ्ना इकाईधनीलाई करसहित १२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेका छन्।
लाभांश वितरणसम्बन्धी निर्णय भदौ ५ गते बसेको योजना व्यवस्थापकको सञ्चालक समितिको बैठकले गरेको हो।
यसअनुसार भदौ २४ गतेसम्म इकाई खरिद गरी कायम रहने इकाईधनीले मात्र उक्त नगद प्रतिफल प्राप्त गर्नेछन् । भदौ २५ गतेबाट भने बुकक्लोज हुने भएकाले सो दिनको कारोबारका आधारमा लाभांशका लागि इकाईधनी कायम हुने छैनन् ।






प्रतिक्रिया दिनुहोस्