काठमाडौं । बिहीबार नेपाली बजारमा सुन–चाँदी दुवैको मूल्यमा उलेख्य वृद्धि भएको छ । आज सुन प्रतितोला ७ हजार ६०० रुपैयाँ र चाँदी तोलाको १४५ रुपैयाँले बढेको हो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ९०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बुधबारको बजारमा सुन प्रतितोला २ लाख ९७ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
आजको बजारमा चाँदी प्रतितोला ४ हजार ७२५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबारको बजारमा चाँदी प्रतितोला ४ हजार ५८० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया दिनुहोस्