Skip to content

एनपिएल: क्लबमा लगानी गर्न चर्चित ब्रान्डको प्रतिस्पर्धा, ८ टोलीसँग जोडिए दर्जनौँ कम्पनी

nabil
global ime

काठमाडौं । नेपाली क्रिकेटको लोकप्रियता बढ्दै जाँदा नेपाल प्रिमियर लिग (एनपिएल) मा व्यावसायिक ब्रान्डहरुले आफ्नो प्रचार प्रसारलाई प्रमुख थलो बनाएका छन् ।

क्रिकेट खेलप्रेमीका लागि अहिले महाकुम्भ मेला नै लागेको छ । एनपिएलको तेस्रो स‌ंस्करण जारी छ । व्यवसायीक ब्रान्डहरुले आफ्नो प्रचार प्रसारको आकर्षक थलो एनपीएललाई बनाएका छन् ।

मैदानमा उपाधिका लागि ८ फ्रेन्चाइज टोलीबीच प्रतिस्पर्धा भइरहँदा मैदान बाहिर भने आफ्नो ब्रान्डलाई दर्शक र उपभोक्तामाझ स्थापित गर्ने होड चलेको छ । एनपीएलमा पेयपदार्थदेखि बैंक, बीमा, अटोमोबाइल, अस्पताल, शैक्षिक संस्था र हस्पिटालिटी क्षेत्रका दर्जनौँ कम्पनी जोडिएका छन् ।

एनपीएलमा सहभागी टोलीले टाइटल स्पोन्सर, जर्सी स्पोन्सर, ‘पावर्ड बाइ’, को–स्पोन्सर र आधिकारिक साझेदारका रूपमा आबद्ध भएका छन् । यसले लिगलाई क्रिकेट प्रतियोगितामा मात्र सीमित नराखी व्यावसायिक ब्रान्ड प्रवर्धनका लागि पनि उपयुक्त माध्यम बनेको छ ।

लिगको मुख्य बैंकिङ प्रायोजकमा सिद्धार्थ बैंक रहेको छ । यस्तै एक्सट्रिम इनर्जी ड्रिंक र स्ट्रिम इनर्जी ड्रिंक भने विभिन्न फ्रेन्चाइजसँग जोडिएका छन् ।

सुदूरपश्चिम रोयल्स

सुदूरपश्चिम रोयल्सको टाइटल स्पोन्सरमा रेडबुल, स्काइवेल नेपाल, मार्भल, प्रोब्याब्ली, गोल्डस्टार, सुबिसु, प्राइम टायल्स, सलिको इन्स्योरेन्स कम्पनी, स्पा, ब्रेड बक्स, केएएच, लोट्टो र नेसनल प्याथ ल्याब रहेका छन् ।

यस्तै, टोलीका साझेदार कम्पनीहरूमा एनएसजी नेस स्पोर्ट ग्लोबल, माया मेट्रो अस्पताल, एथर, सिलिङ्क्स होलिडेज, भी’ बोन, श्री एयरलाइन्स, सिद्धार्थ हस्पिटालिटी, रोयल ब्लु, प्राइम कमर्सियल बैंक र एभर स्किन रहेका छन् ।

पोखरा एभेन्जर्स

पोखरा एभेन्जर्सको जर्सी प्रायोजकमा एक्सट्रिम इनर्जी ड्रिंक रहेको छ । त्यसैगरी, आधिकारिक साझेदारहरूमा सेन्ट्रल कफी, नेपोभिट टायल्स, मोडल इन्स्टिच्युट अफ टेक्नोलोजी (एमएआईटी), होमल्यान्ड पेन्ट्स र मल्टीडाइनामिक रहेका छन् ।

टोलीका गैरजर्सी प्रायोजकहरूमा एनएमबी बैंक, माया सपोर्टेड लिभिङ लिमिटेड, पतञ्जलि, यती एयरलाइन्स, प्रिज्म इफेक्ट नेपाल, माइक्रोलाइफ हेल्थकेयर र थुप्राई रहेका छन्। त्यस्तै, एसोसिएट साझेदारहरूमा सेन्ट जेभियर्स स्कुल, गोदावरी, बेस्ट वेस्टर्न प्लस, खालिसिसी र ग्रान्ड सेक्युरिटिज रहेका छन् ।

विराट किंग्स

विराट किंग्सको टाइटल स्पोन्सरमा स्ट्रिम इनर्जी ड्रिंक रहेको छ । त्यसैगरी, पावर्ड बाइ प्रायोजकमा एभरेस्ट बैंक रहेको छ। टोलीका आधिकारिक साझेदारहरूमा फ्रिम्यान्स, पीएलओ ग्रुप, हायात सेन्ट्रिक र बाजेको सेकुवा रहेका छन् ।

जनकपुर बोल्ट्स

जनकपुर बोल्ट्सका आधिकारिक साझेदारमध्ये नेपाल ल्युब आयल रहेको छ ।

काठमाडौं गोर्खाज

काठमाडौं गोर्खाजको प्रायोजकमा स्ट्रिम इनर्जी ड्रिंक रहेको छ।

चितवन राइनोज

चितवन राइनोजका प्रायोजकहरूमा स्ट्रिम इनर्जी ड्रिंक र हिमालयन एभरेस्ट इन्स्योरेन्स कम्पनी रहेका छन् ।

कर्णाली याक्स

कर्णाली याक्सको टाइटल स्पोन्सरमा स्ट्रिम इनर्जी ड्रिंक रहेको छ भने पावर्ड बाइ प्रायोजकमा महिन्द्रा रहेको छ। त्यस्तै, को–स्पोन्सरमा एसियन पेन्ट्स रहेको छ । टोलीका एसोसिएट स्पोन्सरहरूमा प्राइम टायल्स र प्लम्बर पाइप्स रहेका छन् ।

त्यसैगरी, आधिकारिक साझेदारहरूमा प्राइम कन्सल्टेन्सी, ग्रिन सिटी हस्पिटल, एप्पल सेक्युरिटिज, नेसनल लाइफ इन्स्योरेन्स कम्पनी र जेन्ट स्पार्क रहेका छन् ।

लुम्बिनी लायन्स

लुम्बिनी लायन्सको मुख्य प्रायोजकमा एक्सट्रिम इनर्जी ड्रिंक रहेको छ। त्यसैगरी, टोलीका अन्य प्रायोजक तथा साझेदारहरूमा क्यूज मोटर्स, हायर रिपेयर सर्भिस ललितपुर, हुन्डाई, द ब्रिटिस कलेज, द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी, पञ्चकन्या ग्रुप, बुद्ध एयर, बीमा गो जिमा, टोटल इनर्जिज, भिभान्ता काठमाडौं, नेपाल क्यान ग्रुप, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, न्यु म्यु, बिरयानी बिस्ट्रो र मंग्रिलम विश्राम बाटिका रहेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T