Skip to content

प्रधानमन्त्री शाहसँग पुनको भेट, भोटेकोशी बाढीपछि खोज–उद्धार र पुनर्निर्माणबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट उत्पन्न विपद् तथा त्यसपछिको खोज, उद्धार, उपचार र राहत वितरणका विषयमा छलफल भएको हो।

भेटमा बाढीबाट प्रभावित नागरिकलाई तत्काल आवश्यक सहयोग उपलब्ध गराउने तथा प्रभावित क्षेत्रमा उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउने विषयमा कुराकानी भएको बताइएको छ।

यस्तै, बाढीका कारण क्षति पुगेका सडक, पुल, विद्युत् तथा अन्य पूर्वाधारलाई पुनः सञ्चालनमा ल्याउने र प्रभावित क्षेत्रको अवस्था सामान्य बनाउन आवश्यक पहल गर्ने विषयमा समेत छलफल भएको छ।

यसअघि प्रधानमन्त्री शाहसँग उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पनि भेटवार्ता गरेका थिए। सिंहदरबारमा भएको उक्त भेटमा पनि भोटेकोशी बाढीलगायत समसामयिक विषयमा छलफल भएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T