Skip to content

डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार सम्पादक ज्ञवालीलाई प्रदान, २५ हजार पत्रकार अधिकारीलाई सहयोग

काठमाडौं । नेपालमा लघुवित्तका पिता डा.हरिहरदेव पन्तको स्मृतिमा स्थापित ‘डा हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार’ लगानी न्यूजका सम्पादक आशीष ज्ञवालीलाई प्रदान गरिएको छ ।

आइतबार डा हरिहरदेव पन्तको ११ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा उक्त पुरस्कार सम्पादक ज्ञवालीलाई प्रदान गरिएको हो ।

पन्त फाउन्डेशनद्वारा स्थापना गरिएको उक्त पुरस्कार ११औं वार्षिक पुण्य स्मृति दिवशका अवसरमा प्रदान गरिएको हो ।
पुरस्कारको राशी १ लाख रुपैयाँ रहेको छ ।

सम्पादक ज्ञवालीले आफुले पाएको पुरस्कार रकमबाट २५ हजार रुपैयाँ नुवाकोटका पत्रकार किरण अधिकारीलाई सहयोग गरेका छन् । भोटेकोशीमा आएको बाढीबाट प्रभावित भएका अधिकारीलाई ज्ञवालीले उक्त रकम सहयोग गरेका हुन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T