Skip to content

कार्यकर्तालाई लामिछानेले भने- सर्वश्व गुमाएका नागरिकको आक्रोशलाई समाजिक सञ्जालमा तुच्छ टिकाटिप्पणी तत्काल बन्द गर्नु

'साईबर बुलिङ गरेको पाइयो भने साधारण सदस्य समेत नहुने गरी कारबाही गर्छौ'

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकार र पार्टीका नेताहरुलाई महाविपत्तीको समयमा सर्वश्व गुमाएका नागरिकको स्वाभाविक आक्रोशलाई लक्षित गरेर समाजिक सञ्जाल वा शोक चौतारीमा तुच्छ टिका टिप्पणी र कटाक्ष गर्ने काम तत्काल बन्द गर्न आग्रह गरेका छन् ।
बुधबार प्रतिनिधि सभाको बैठकमा उनले यस्तो आग्रह गरे ।

पीडामा रहेका नागरिकलाई यस्ता दुव्यबहार भएका छन् भने हामी निर्मम हुन्छौ भनेर विज्ञप्ति मात्रै निकाल्ने नभएर काम गरेर देखाउन उनले सरकारलाई निर्देशन दिए ।

उनले विपदको समयमा रुँदै गरेका नागरिकलाई होच्याउने कुनै अन्ध समर्थक रास्वपलाई नचाहिएको भन्दै शोक र पीडामा परेका भुई मान्छेको पक्षमा उभिने र उनीहरुको आँसु पुछ्ने सदस्य चाहिएको बताए ।
नागरिकको चित्कार र आक्रोशलाई गलत ब्याख्या गर्ने, सामाजिक सञ्जालको आडमा ओठे जवाफ फर्काउने र साइबर बुलिङ गर्ने छुट कसैलाई पनि नभएको स्पष्ट पारे ।

“यदि रास्वपाका कुनै पनि तहका नेता, पदाधिकारी कार्यकर्ता कुनै पनि पीडामा परेका नागरिक माथी साइबर बुलिङ गर्ने कार्यमा रहेको पाइयो भने त्यस्ता व्यक्तिलाई साधारण सदस्य समेत नहुने गरी कारबाही गर्छौ” उनले भने ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T