काठमाडौं । गत आर्थिक वर्ष २०८२÷८३ को असार मसान्तसम्म नेपालका फाइनान्स कम्पनीहरूको खराब कर्जा (एनपीएल) औसत ७.६६ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार वित्त कम्पनीहरूको खराब कर्जा उल्लेख्य रूपमा उच्च देखिएको हो ।
असार मसान्तसम्म सबैभन्दा बढी खराब कर्जा जानकी फाइनान्स कम्पनीको रहेको छ । उक्त कम्पनीको खराब कर्जा ६१.५५ प्रतिशत पुगेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।
त्यसैगरी, सबैभन्दा कम खराब कर्जा आईसीएफसी फाइनान्सको रहेको छ । कम्पनीको खराब कर्जा १.५५ प्रतिशत रहेको छ ।
यस अवधिमा फाइनान्स कम्पनीहरूको आधारदर (बेस रेट) औसत ६.४९ प्रतिशत रहेको छ । त्यस्तै, वित्त कम्पनीहरूको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७५.२१ प्रतिशत रहेको छ ।
राष्ट्र बैंकको तथ्यांकअनुसार असार मसान्तसम्म फाइनान्स कम्पनीहरूको औसत चुक्ता पुँजी १ अर्ब ४१ करोड ५० लाख रुपैयाँ रहेको छ । प्राथमिक पुँजी १३ अर्ब ६० करोड ४४ लाख ४७ हजार रुपैयाँ तथा कुल पुँजी कोष १ खर्ब १७ अर्ब २४ करोड ९५ लाख ४४ हजार रुपैयाँ रहेको छ ।
त्यस्तै, कुल जोखिम भारित एक्सपोजर (सीसीएआर) ११.६० प्रतिशत र कोर क्यापिटल पर्याप्तता अनुपात (सीएआर) १४.३६ प्रतिशत रहेको छ । पुँजी पर्याप्ततासम्बन्धी यी सूचकले फाइनान्स कम्पनीहरूको वित्तीय क्षमता र लगानीयोग्य स्रोतको अवस्थालाई देखाउँछ ।






प्रतिक्रिया दिनुहोस्