Skip to content

उद्योगमन्त्रीको गैह्र जिम्मेवार अभिव्यक्तिपछि ग्यास उद्योगी र प्रधानमन्त्री सचिवालयको छलफल, के भयो कुराकानी ?

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले बुधबार संसदिय समितिको बैठकमा गैह्र जिम्मेवार तथा विवादास्पद अभिव्यक्ति दिएपछि एलपी ग्यास उद्योगीहरू प्रधानमन्त्री कार्यालयमा पुगेका छन् ।

बजारमा ग्यासको हाहाकार बढेपछि आफुले ग्यासको सहज व्यवस्थापन गर्न नसकेपछि उद्योगीहरुलाई पाता कस्नु पर्ने,उद्योगको लाइसेन्स खारेज गर्ने जस्ता चेतावनी दिएको भन्दै उद्योगीहरू असन्तुष्ट बनेका थिए । मन्तीको अभिव्यक्तिबाट रुष्ट बनेका उद्योगीलाई प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले बोलाएर छलफल गरेको छ ।

बुधबार साँझ प्रधानमन्त्री शाहको सचिवालयले बोलाएपछि फलफल गरेको नेपाल एलपी ग्यास उद्योग संघका निवर्तमान अध्यक्ष शिव घिमिरेले बताए । छलफलका क्रममा अहिले देखिएको ग्यासको अभाव कसरी कम गर्न सकिन्छ ? ग्यास आपूर्तिलाई थप सहज कसरी बनाउन सकिन्छ भन्ने विषयमा गम्भिर छलफल भएको उनले लगानी न्यूजलाई बताए । छलफल निकै सकारात्मक समेत भएको उनले बताए ।

भोटेकोशीमा आएको बाढीले सडक पूर्वाधारमा क्षति पुर्याएपछि ग्यासको थप अभाव देखिएको छ ।

यस्तो समयमा उद्योगीहरुले ग्यास सहज बनाउन काम गरिरहेको बेला मन्त्रीको उक्त अभिव्यक्तिले निराश बनेका उद्योगीहरुले प्रधानमन्त्रीको सचिवालयसँगको भेटपछि केही सहज महशुस भने गरेका छन् ।

भेटमा कृष्णभीरमा आएको पहिरो हटाएर सडक सहज भएपछि ग्यास सहज हुने र त्यसअघि उद्योगीहरुले अधिकतम धेरै ग्यास ल्याएर आपूर्तिलाई सहज गराइदिन सचिवालयले अनुरोध गरेको बताइएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T