Skip to content

उद्यमी, लगानीकर्ता चिराग गोयल एक्सेल डेभलपमेन्ट बैंकको सञ्चालकमा नियुक्त

nabil
global ime

काठमाडौं । उद्यमी, लगानीकर्ता तथा समाजसेवी चिराग गोयल एक्सेल डेभलपमेन्ट बैंकको सन्चालकमा नियुक्त भएका छन् । बैंकको २०औँ वार्षिक साधारणसभाबाट उनी सञ्चालक समितिको सदस्यमा निर्वाचित भएका हुन् ।

झापाको बुढाबारे स्थायी घर भएका गोयलको पूर्वी नेपालको प्रमुख वित्तीय संस्थाहरूमध्ये एक एक्सेल डेभलपमेन्ट बैंकको सञ्चालक समितिमा प्रवेशलाई उनको फराकिलो व्यावसायिक तथा उद्यमशील अनुभवलाई बैंकिङ क्षेत्रसँग जोड्ने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

गोल्याण ग्रुपसँग आबद्ध गोयलले लामो समयदेखि उत्पादन,व्यापार, बैंकिङ तथा वित्त, बीमा, रियल इस्टेट, खानी, नवीकरणीय ऊर्जा, कृषि, आतिथ्य तथा निर्माणलगायत विभिन्न क्षेत्रमा सक्रिय रहँदै आएका छन् ।

व्यवसायसँगै गोयल एक दशकभन्दा बढी समयदेखि सामाजिक तथा मानवीय क्षेत्रमा पनि सक्रिय रहँदै आएका छन् । सन् २०१५ को भूकम्पपछि हेल्पिङ हेन्ड्स नेपाल मार्फत सुरु भएको उनको सामाजिक यात्रा रोबिन हुड आर्म नेपाल लगायतका विभिन्न पहलहरूसँग सहकार्य गर्दै निरन्तरता पाएको हो ।

जसमा खाद्य सहयोग, शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, बाढी राहत परिचालन, कोरोना प्रतिकार्य र प्रोजेक्ट कुहिरो समावेश छन् । जहाँ उनले स्वयंसेवक, संस्था, व्यवसायिक क्षेत्र तथा समुदायलाई जोड्दै स्रोत परिचालन र प्रत्यक्ष सहयोगमा भूमिका निर्वाह गरेका छन् ।

युवा नेतृत्व तथा उद्यमशीलताको क्षेत्रमा परिचित अनुहार गोयलले नेप्लिज योङ इन्टरपेन्स फोरम काठमाडौंको अध्यक्षका रूपमा सन् २०२१ देखि २०२३ सम्म नेतृत्व गरेका थिए । साथै, उनी नेपाल सेन्टर फर पोलिटिकल लिडरसिपका सह-संस्थापकसमेत हुन् ।

गोयलको यो नियुक्तिले एक्सेल डेभलपमेन्ट बैंकमा संस्थागत सुशासन र दीर्घकालीन मूल्य सिर्जनालाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

नेपालको आर्थिक तथा सामाजिक विकासमा निजी क्षेत्र, वित्तीय संस्था, युवा नेतृत्व र समुदायबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने उनको दृष्टिकोणलाई प्रतिबिम्बित गर्छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T