काठमाडौं । उपभोक्तालाई सहज रुपमा ग्यास दिन नसकेपछि आफ्नो अक्षमता लुकाउन उद्योगीलाई पाता कस्नुपर्छ भन्ने
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले आज पदबाट राजीनामा दिएकी छिन् ।
उनले बिहीबार नै प्रधानमन्त्री बालेन शाह समक्ष पदबाट राजीनामा बुझाएकी हुन् । उपभोक्तालाई ग्यास नदिएर दिन रात नभनी लाइनमा बस्न बाध्य पारिएको छ ।
ग्यासको व्यवस्थापन गर्न नसक्ने, पाँच तारे होटलमा प्रयोग भइरहेका ग्यास गनेर यति संख्यामा ग्यास होटलमा रहेछ कारबाही गर्छु भन्दै हिँड्ने, ग्यास व्यवस्थापन गर्न नसकेपछि संसदिय समितिको बैठकमा उद्योगीलाई नै पाता सक्नुपर्छ भन्ने, उद्योग बन्द गर्नुपर्छ भन्ने जस्ता उनले अभिव्यक्ति दिँदै आएकी थिइन । उनको यो अभिव्यक्तिक निकै आलोचना भइरहेको थियो ।
आलोचनाका बीच यादवले ब्यक्तिगत कारणले राजीनामा बुझाएकी दाबी गरेकी छिन् । तर उनको राजीनामा दाबी अनुसार भन्दा पनि अक्षमताले भएको स्रोतको दाबी छ ।






प्रतिक्रिया दिनुहोस्