Skip to content

लगानीमैत्री वातावरण बनाउन आवश्यक परे नयाँ कानुन ल्याउन प्रधानमन्त्री प्रतिबद्धता देखिनुभयो: चन्द्र ढकाल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले उद्योगी तथा व्यवसायीसँग लगानी प्रबर्धनका बारेमा करिब २ घन्टा लामो छलफल गरेका छन् ।

उद्योगी तथा व्यवसायी बिनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ र चन्द्र ढकाल सहभागी भएको छलफल निकै सकारात्मक र फलदायी रहेको चन्द्र ढकालले बताए ।

उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष समेत रहेका ढकालले भेटमा आन्तरिक तथा प्रत्यक्ष वैदेशिक लगानी दुवैको प्रवर्द्धन, पूर्वाधारमा लगानी, रोजगारी सिर्जना र राजस्व वृद्धिका विषयमा प्रधानमन्त्री शाहको चासो र सकारात्मक धारणा देखेर खुसी लागेको बताए ।

मुलुकमा लगानीमैत्री वातावरण बनाउन आवश्यक परे नयाँ कानुन ल्याएर भएपनि सहयोग गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता निजी क्षेत्रका लागि उत्साहजनक भएको उनको भनाइ छ ।

यसैगरी, निजी क्षेत्रका समस्या, सुझाव र नीतिगत विषयहरूमा निरन्तर छलफल तथा समन्वय गर्न सरकार र निजी क्षेत्रबीच नियमित बैठक बस्ने गरी एउटा स्थायी संयन्त्र निर्माण गर्ने विषयमा समेत सम्माननीय प्रधानमन्त्री सकारात्मक देखिएको ढकालले जानकारी गराए ।

”आधा घण्टाको समय तोकिएको भेट दुई घण्टासम्म लम्बिनुले नै यो अन्तरक्रिया कति अर्थपूर्ण थियो भन्ने देखाउँछ। व्यवसायी तथा लगानीकर्ताको मनोबल केही कमजोर देखिएको अहिलेको अवस्थामा सरकार र निजी क्षेत्रबीच यस्तो प्रत्यक्ष छलफल हुनु र लगानीको विश्वास बढाउने प्रतिबद्धता आउनु सुखद संकेत हो” उनले भने ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T