काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देल बेइजिङमा आयोजना हुने ‘तेह्रौँ बेइजिङ स्याङसङ फोरम’मा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेका छन् ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार उनको अनुपस्थितिमा बलाधिकृत रथी प्रदीपजङ्ग केसीले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्ने छन् ।
प्रधानसेनापतिको यो भ्रमणबाट दुई देशबीचको आपसी सैनिक सम्बन्ध विस्तार हुनुका साथै सैनिक कूटनीतिमार्फत मुलुकको परराष्ट्र नीतिमा योगदान पुग्ने विश्वास नेपाली सेनाले व्यक्त गरेको छ ।






प्रतिक्रिया दिनुहोस्