काठमाडौं । भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले लाभांश घोषणा गरेको छ ।
२८ गते बसेको सञ्चालक समितिको बैठकले ५.२६३ प्रतिशत लाभांश घोषणा गरेको हो ।
जसमा ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
कम्पनीले वार्षिक साधारणसभा बोलाएको छ । असोज २७ गते हुने सभाका लागि असोज १३ गते एक दिन बूक क्लोज गर्ने भएको छ ।






प्रतिक्रिया दिनुहोस्