Skip to content

नेपाल ल्यूब आयलको लाभांश घोषणा, बुक क्लोज कहिले ?

काडमाडौं । नेपाल ल्यूब आयलले सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई २१.०२६४ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

जसमा १५ प्रतिशत बोनस सेयर रहेको र कर सहित ६.०५२६४ प्रतिशत नगद लाभांश रहेको छ । कम्पनीले असोज १९ गतेका लागि ३५ औँ वार्षिक साधारण सभा बोलाएको छ ।

सो सभामा लाभांश सहित १४ लाख ५७ हजार २५३.६० कित्ता हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव रहेको छ । यस्तै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने,सञ्चालक समितिको पुर्नगठनलाई अनुमोदन गर्ने लगायतका प्रस्तावहरु रहेका छन् ।

सभा प्रयोजनका लागि असोज ५ गतेदेखि १९ गतेसम्म बुकक्लोज गर्ने भएको छ । असोज २ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T