Skip to content

सुवेदी क्षेत्रीय प्रतिनिधिमा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाल विद्यार्थी संघका युवा नेता मनोज सुवेदी पर्वतको पैयुँ गाउँपालिका–६, सरौँखोलाबाट नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका छन्। २३ वर्षीय सुवेदी हाल गण्डकी विश्वविद्यालयका नेविसंघ सभापति हुन्। कानुनका विद्यार्थी उनी युवाहरूमाझ निकै लोकप्रिय छन्।

१५ वर्षदेखि कांग्रेसको राजनीतिमा सक्रिय उनी १९ वर्षमै नेविसंघको जिल्ला सहसचिव र २१ वर्षमा विश्वविद्यालय सभापति बनेका थिए। कांग्रेसलाई वैचारिक बाटोबाट विचलित हुन नदिन आफू सधैँ खटिरहने उनले बताए।

पुसमा भएको विशेष महाधिवेशनले विधान संशोधन गरी ३५ वर्षे युवालाई वडादेखि केन्द्रसम्म समेट्ने व्यवस्था गरेपछि नयाँ पुस्तालाई राजनीतिमा आउन सहज भएको उनको भनाइ छ। तर, २५ वर्षमै प्रतिनिधि सभा सदस्य बन्न पाउने व्यवस्था भएको अवस्थामा ३५ वर्षको कोटा मात्र राखेर युवाको वास्तविक प्रतिनिधित्व नहुने उनले बताए। सुवेदीले २८ वर्ष मुनिका ‘जेन्जी’ युवाहरूलाई सीधै पार्टी संरचनामा ल्याउन छुट्टै समूह बनाउनुपर्ने बताए।

कांग्रेस अब परम्परागत ‘दाइ(भाइ’ पार्टीबाट रूपान्तरण हुँदै पूर्ण रूपमा युवा पार्टी बन्नुपर्नेमा उनले जोड दिए। बदलिँदो अन्तर्राष्ट्रिय राजनीति अनुसार कांग्रेसलाई पनि युवामुखी बनाउनुपर्ने उनले बताए। लामो समयदेखि निष्क्रिय रहेका वैचारिक संयन्त्रलाई सक्रिय बनाएर परिणाममुखी राजनीति गरेमा मात्र कांग्रेस नयाँ युवाहरूको पहिलो रोजाइ बन्न सक्ने उनले स्पष्ट पारे।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima