Skip to content

आज ६० जिल्लामा आकस्मिक बाढीको जोखिमः ७ जिल्लामा उच्च, सावधानी अपनाउन आग्रह

काठमाडौं । आज देशका विभिन्न जिल्लामा बहने साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको छ। जल तथा मौसमसम्बन्धी पूर्वानुमान महाशाखाका अनुसार आज केही क्षेत्रमा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ।

महाशाखाका अनुसार आज ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, ओखलढुंगा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, रौतहट, बारा, पर्सा, रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, तनहुँ, कास्की, लमजुङ, स्याङ्जा, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, सल्यान, बाँके, बर्दिया, सुर्खेत, दैलेख, जाजरकोट, जुम्ला र कालिकोट तथा आसपासका जिल्लामा बहने साना नदीको बहाव उल्लेख्य बढ्ने सम्भावना छ।

यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाइएको छ । त्यस्तै, पाल्पा, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, प्युठान र दाङ तथा आसपासका जिल्लामा बहने साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च जोखिम रहेको पूर्वानुमान गरिएको छ । सम्बन्धित क्षेत्रका बासिन्दालाई नदी तथा खोलानालाको आसपासमा सतर्कता अपनाउन र सम्भावित जोखिमबाट जोगिन आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima