काठमाडौं । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय अवस्था प्रकाशित गरेको छ ।
तीन महिनामा बैंकको नाफा १६.९९ प्रतिशतले बढेको छ । गत आवको पहिलो त्रैमासमा १९ करोड ७५ लाख ८४ हजार रुपैयाँ नाफा कमाएको थियो । चालु आवको सोहो अवधिमा बैंकले २३ करोड ११ लाख ५५ हजार रुपैयाँ नाफा कमाएको छ ।
यो अवधिमा बैंकको खुद ब्याज आम्दानी र सन्चालन नाफा बढेको छ । त्यसले नाफा बढाउन सहयोग गरेको छ । बैंकको खुद ब्याज आम्दानी १.४३ प्रतिशतले बढेर ६२ करोड ६४ लाख ८७ हजार रुपैयाँ पुगेको छ ।
यस्तै सन्चालन नाफा १९.०२ प्रतिशतले बढेर ३३ करोड ८७ लाख ७० हजार रुपैयाँ पुगेको छ । इम्पेरमेन्ट चार्ज ११ करोड ६ लाख ९३ हजार रुपैयाँबाट घटेर ४ करोड ९४ लाख १७ हजार रुपैयाँ रहेको छ ।
यस्तै बैंकको वितरणयोग्य नाफा १२.५३ प्रतिशत बढेर १५ करोड २१ लाख ६७ हजार रुपैयाँ रहेको छ । ४ अर्ब २१ करोड १९ लाख ३० हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब ३८ करोड ८३ लाख ६९ हजार रुपैयाँ छ । ६७ अर्ब ९० करोड ४७ लाख ९ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ५६ अर्ब ३४ करोड ५३ लाख ३३ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।
बैंकको प्रतिसेयर आम्दानी २३ रुपैयाँ १३ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ ८४ पैसा रहेको छ । बैंकको निष्क्रिय कर्जा ४.४१ प्रतिशतबाट घटेर ३.९३ प्रतिशत रहेको छ ।












प्रतिक्रिया दिनुहोस्