Skip to content

प्रमुख प्रशासकीय अधिकृत नियन्त्रणमा परेपछि मध्यपुर थिमि नगरपालिकाको सेवा प्रवाह प्रभावित

nabil
global ime

काठमाडौं । मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएपछि पालिकाको काममा केही दिनका लागि समस्या हुने भएको छ ।

नगरपालिकाका सूचना अधिकारी केशव सिलवालले लामोसमयसम्म पालिकाको काममा अप्ठेरो नहुने बताए । नगरपालिकाबाट निस्किएको बागमती प्रदेश ०१–०३५ च २६८७ नम्बरको टाटा इभी कार निकोसेरास्थित अजिमा पेट्रोल पम्प नजिकै अख्तियारको टोलीले घिमिरेलाई नियन्त्रणमा लिएको थियो ।

कार जाँच गर्ने क्रममा शङ्कास्पद नगद रकम फेला परेपछि चालकसहित कारमा सवार भुवन ढुङ्गेल र उनकी श्रीमतीलाई अख्तियारले नियन्त्रणमा लिएको हो । उक्त कारबाट रु ३३ लाख बरामद भएको थियो । सो रकम प्रमुख प्रशासकीय अधिकृत घिमिरेले घुसवापत लिई व्यवस्थापनका लागि ढुङ्गेललाई दिएको अख्तियारको दाबी छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ अनुसार प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहको प्रशासनिक प्रमुखका रूपमा रहने व्यवस्था छ । उनले नगरपालिकाको दैनिक प्रशासन सञ्चालन, नगरसभा तथा कार्यपालिकाको सचिवका रूपमा काम गर्ने, सभा तथा कार्यपालिकाका निर्णय कार्यान्वयन गर्ने, कर्मचारी प्रशासन सञ्चालन गर्ने तथा आर्थिक प्रशासन र बजेट कार्यान्वयनसम्बन्धी जिम्मेवारी निर्वाह गर्नुपर्ने व्यवस्था छ ।

नगरपालिकाबाट प्रवाह हुने सार्वजनिक सेवालाई प्रभावकारी बनाउने, कर्मचारीबीच समन्वय गर्ने तथा नगरपालिकाको चलअचल सम्पत्तिको संरक्षण गर्ने जिम्मेवारीसमेत प्रमुख प्रशासकीय अधिकृतको रहने कानुनी व्यवस्था छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T