काठमाडौं । अग्रेजी नयाँ वर्षको पहिलो कारोबार दिन बिहीबार प्रि– ओपन सेसनमा सेयर बजार सकारात्मक देखिएको छ । बिहीबार यस सेसनमा सेयर बजार मापन नेप्से परिसूचक १.०४ अंक बढेर २६३४.८१ विन्दुमा पुगेको छ। यस सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.१७ अंक घटेको छ।
बिहीबार प्रि–ओपन सेसनमा ४६ कम्पनीको ९९ पटकको कारोबारमा ६५ लाख ३ हजार १० रुपैयाँ ६० पैसाबराबरको ६ हजार ६१३ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये २१ कम्पनीको मूल्य बढेको छ भने २३ कम्पनीको मूल्य घटेको छ। बाँकी २ कम्पनीको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।












प्रतिक्रिया दिनुहोस्