Skip to content

अंग्रेजी नयाँ वर्षको पहिलो दिन घट्यो सेयर बजार, कारोबार रकममा पनि गिरावट

काठमाडौं । अंग्रेजी नयाँ वर्षको पहिलो दिन अर्थात बिहीबार सेयर बजार घटेर बन्द भएको छ । आज सेयर बजार मापक नेप्से परिसूचक १२.८३ अंक घटेर २६२०.९२ विन्दुमा झरेको छ। यसैगरी, आज सेन्सेटिभ इण्डेक्स २.४३ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८८ अंक घटेको छ।

सेयर बजारसँगै आज कारोबार रकम पनि घटेको छ। बुधबार ५ अर्ब १३ करोड रुपैयाँबराबरको सेयर बजारमा बिहीबार ४ अर्ब ७१ करोड ३९ लाख ५ हजार रुपैयाँबराबरमात्र सेयर कारोबार भएको छ ।

आज कारोबारमा आएको १३ उपसमूहमध्ये १ उपसमूहको परिसूचक बढेको छ । बाँकी १२ उपसमूहको परिसूचक घटेको छ। यस दिन अन्य उपसमूहको परिसूचक सामान्य बढेको हो। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.०९ प्रतिशत घटेको छ।

आज विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयरमा सकारात्मक सर्किट लागेको छ । यस लघुवित्तको सेयरमूल्य यस दिन १३४ रुपैयाँ ६० पैसा बढेर १ हजार ४८१ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ। यसैगरी, एसवाई प्यानल नेपालको सेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ ।

आज कारोबारमा आएको ग्लोबल आइएमई समुन्नत योजना २ को इकाईमूल्य सर्वाधिक १० प्रतिशत घटेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T